post-slider post-slider

कोशीमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, मण्डलले लिए मन्त्रीको शपथ

Image
A A

मोरङ- कोशी प्रदेशमा सरकार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरिएको छ। साउन १७ गते गठन गरिएको उद्धव थापा नेतृत्वको सरकारमा प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिएर ६ सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ। 

बुधबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री उद्धव थापाले राज्य मन्त्री मण्डललाई पद तथा गोपनियताको शपथग्रहण गराए।

शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिस सत्यमोहन जोशी थारु सहित मंत्रीहरु, प्रदेश सांसद, कोशी प्रदेशका उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कोशी प्रदेशको प्रदेश सभाको अंकगणितका कारण प्रदेश सभा बैठकको अध्यक्षता गर्ने विषयले महत्व राख्ने भएपछि जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरिएको बताइएको छ।

प्रदेश सभाको बैठकमा उपसभामुख अनुपस्थित भएमा अब एमालेका प्रदेश सभा सदस्यले जेष्ठ सदस्यको हैसियतले सभाध्यक्षको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। कोशी प्रदेशमा सत्तारुढ गठबन्धन दलसंग ४७ जना र विपक्षमा ४६ जना प्रदेश सांसदहरु रहेका छन्।

Tags: