post-slider post-slider

एआइजी ज्ञवालीसहितका प्रहरीले दिएको निवेदनमा विपक्षीसँग लिखित जवाफ माग

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले उमेर हदका कारण प्रहरीमा हुने अवकाशमा लिखित जवाफ माग गरेको छ।  

एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जना प्रहरीले दिएको निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै अदालतले बिहीबार विपक्षीसँग लिखित जवाफ माग गरेको हो।

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै बुधबार ज्ञवालीसहितका प्रहरी अधिकृतले सर्वोच्चमा निवेदन दिएका थिए।

निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ।

ज्ञवालीसहित डिआइजी यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले बुधबार अदालतमा निवेदन दिएका थिए। दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै निवेदनमा अन्तरिम आदेश मागिएको थियो।

एआइजी ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २५ गते अनिवार्य अवकाशमा जाँदैछन्।

यस्तै, ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न भनी परेको रिटमा सर्वोच्चले दुबै पक्षलाई बोलाउने आदेश दिएको छ। अन्तरिम आदेश दिएपछि पुनरावलोकनमा गएको सरकारलाई अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले रिटमाथि छिटो सुनुवाइ गर्नुपर्ने ठहर गर्दै शुक्रबार रिट निवेदक र सरकार पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ।

Tags: