post-slider post-slider

‘ललिता निवास प्रकरण नाटकमात्रै हो’

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा भइरहेको अनुसन्धान नाटकमात्रै भएको बताएका छन्।

शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो प्रकरणमा सरकारले भ्रष्टाचारविरोधी देखिन पोलिटकल स्टन्टबाहेक केही नगर्ने बताए।

‘ललिता निवासको प्रकरण निकालिएको छ, यो नाटकमात्र हो। आफूलाई हिरो देखाउन स्टन्टमात्र हो,’ उनले भने।

अनुसन्धान गर्दा गठबन्धनकै मान्छेहरू पर्ने भएकाले सरकारले केही नगर्ने ओलीको दाबी छ।

‘यो गठबन्धनकै मान्छेहरू पर्ने हुन्, त्यसैले गर्दैन,’ उनले भने।

ओलीले जग्गा खरिद गरेवापत कसैलाई दोषी देखाउन नमिल्ने जिकिर गरे।

पार्टी उपाध्यक्ष विष्णु पौडेलतर्फ संकेत गर्दै उनले भने,‘हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो अरे। कसैको छोराले जमिन किन्यो, धनिपुर्जा हे¥यो, अड्डामा गएर पास ग¥यो। उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको छ। यस्ता कुराहरूको कुनै अर्थ छैन।’

 

Tags: