post-slider post-slider

प्रसूति गृहबाटै बच्चा चोरेर महिला फरार

Image
A A

काठमाडौं, फागुन ११ - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन्। 

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिनकी छोरी चोरेर फरार भएको प्रहरीले जनाएको छ।

बच्चा बोकिदिने बहाना बनाएर ती महिला बच्चासहित फरार भएकी हुन्।  

दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बच्चासहित भागेकी महिलाको खोजी भइरहेको बताए।

Tags: