post-slider post-slider

एमाले नेताहरू सबार बुद्ध एयरको जहाज खराबीका कारण जनकपुर अवतरण नभइ काठमाडौं फिर्ता

Image
A A

काठमाडौं- नेकपा एमालेका नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकेर काठमाडौं फिर्ता भएको छ।

सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरालगायत नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए। अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएको जानकारी गराएर काठमाडौं नै फर्काएको हो।

२३ मिनेट उडेपछि विमानमा खराबी आयो भन्ने सूचना दिइएको अहिले आफूहरू काठमाडौं विमानस्थलमा रहेको उपाले उपाध्यक्ष नेम्वाङले बताएका छन्। अर्को उडानमार्फत् जनकपुर जाने तयारी गरिरहेको उनले जानकारी दिए।

एमालेको सचिवालय बैठक सिराहाको सर्रे अम्बासमा बस्दै छ। बिहान ११:३० बजेदेखि बैठक सुरू हुने बताइएको छ। बुद्ध एयरले पनि जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौं फर्काउनुपरेको बताएको छ।

‘काठमाडौंबाट जनकपुर उडान नं. ५०१ जहाज ९ एन–एजेशून्य कलसाइ भएको जहाजमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ। सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन्। यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बुद्ध एयरले सूचनामार्फत् भनेको छ।

बुद्ध एयरका अनुसार जहाजमा एमालेका नेताहरूका अतिरिक्त ६८ जना यात्रु थिए। उनीहरूलाई  अर्को जहाजबाट जनकपुर पठाइएको बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए। 

Tags: