post-slider post-slider

भारत–पाकिस्तान म्याच हुने दिन अहमदाबादमा होटलको भाडा दशगुणा बढी

Image
A A

काठमाडौं- विश्वकप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीच तय भएको खेलका दिन अहमदाबादस्थित होटलहरूको मूल्यले आकाश छोएको छ।

सामाचार एजेन्सी पिटआइले जनाएअनुसार केही होटलहरूको कोठा भाडा दशगुणासम्म वृद्धि गरिएको छ।

आइसिसीले सार्वजनिक गरेको विश्वकप खेल तालिकाअनुसार भारत र पाकिस्तानबीच १५ अक्टुबरका दिन अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुने भएको छ।

होटल बुकिङ वेबसाइटहरूमा होटलको कोठाका लागि माग बढेपछि भाडा वृद्धि भएको पिटिआइले जनाएको छ।

कतिपय होटलमा एउटा कोठाको भाडा भारतीय रूपैयाँ एक लाखसम्म पुगिसेको छ भने १५ अक्टुबरका लागि अधिकांश होटलहरूको कोठा अहिले नै बुक भइसकेको छ।

सामान्य समयमा ५ हजारदेखि ८ हजारसम्म भाडा रहेको लक्जरी कोठाहरूको भाडा यतिबेला ४० हजारदेखि १ लाखसम्म पुगिसकेको पिटिआइले जनाएको छ।

बुकिङ डटकमलाई उद्धृत गर्दै पिटिआइले जनाएअनुसार आइटिसीले सञ्चालन गरेको होटल वेलकमको डिलक्स कोठाका भाडा २ जुलाईमा ५ हजार ६९९ छँदा १५ अक्टुबरका लागि ७१ हजार ९९९ रूपैयाँ भएको छ।

गुजरातको होटल एन्डर रेस्टुरेन्ट एसोसिएशन (एचआरए) ले गैरआवासीय भारतीय र अन्य राज्यका मानिसहरूका तर्फबाट माग बढेपछि होटलको भाडा बढेको बताएको छ।

 

Tags: