post-slider post-slider

इजरायल–हमास युद्ध : गाजामा १९ हजारबढीको मृत्यु

Image
A A

काठमाडौं- हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्टोबर ७ मा इजरायलसँग युद्ध सुरू भएयता १९ हजार जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार इजरायलको आक्रमणमा परी अहिलेसम्म १९ हजार ६६७ जनाको ज्यान गएको हो।

मारिनेको पछिल्लो संख्या सामाजिक सञ्जालमा खुलाउँदै मन्त्रालयले थप ५२ हजार ५८६ व्यक्ति घाइते भएको जनाएको छ।

लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाब परिरहेका बेला मृत्यु हुने र घाइतेको ताजा संख्या सार्वजनिक भएको हो।

अक्टोबरमा हमासका बन्दुकधारीले दक्षिण इजरायलमा गरेको हमलायता भएको युद्धको १० साता बितिसकेको छ।

गाजामा युद्धविराम गर्नेबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा मतदान हुनुअघि जेनेभमा सहायता निकायहरूले बालबालिकासहित सर्वसाधारणले भोगिरहेको पीडाप्रति एकपटक फेरि आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन्।

राष्ट्रसंघको सुरक्षा परिषदमा गाजामा युद्धविरामबारे दोस्रोपटक मतदानको तयारी भइरहेको छ। यसअघि भएको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेको थियो।

विश्व स्वास्थ्य संगठनले गाजामा मुस्किलले एक तिहाइ अस्पतालहरू अझै सञ्चालनमा रहेको र तिनीहरूले एकदमै कम सेवा दिन सकिरहेको बताएको छ।

 

Tags: