post-slider post-slider

पोस्टमार्टम रिपोर्टले भन्यो- शालिनको बलात्कार पुष्टि भएन

Image
A A

काठमाडौँ - शंकास्पद रूपमा मृत फेला परेकी बालिका शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ। 

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिनको शव शंकास्पद रूपमा फेला परेको थियो। त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन्। जसमा झुण्डिएर मृत्यु भएको उल्लेख छ भने बलात्कार भएको कुनै प्रमाण नदेखिएको उल्लेख छ। 

यद्यपि शालिनका अभिभावकहरूले उनको बलात्कारपछि हत्याएको भन्दै अनुसन्धान गर्न माग गर्दै आएका थिए। सामाजिक सञ्जालहरूमा पनि शालिनको बलात्कार भएको भन्दै दोषीलाई कारबाहीको माग गरिएको थियो। 

पोस्टमार्टम रिपोर्टमा १४ वर्षीया शालिनको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको खुलेको हो। कक्षा ८ मा अध्ययनरत शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’

Tags: