post-slider post-slider

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

Image
A A

काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने अडान कायम राखेका कारण आज बैठक नबसेरै स्थगित भएको हो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको  क्वीन्टल बढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ। 

सो प्रकरणमा गृहमन्त्री, अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेको थियो। साउन १५ गतेका लागि तय भएको बैठक एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो। एमालेले  जारी गरेको अवरोध खुलाउन बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा आज पनि एमालेले आफ्नो अडान कायमै राखेको थियो।

यहीबीच बैठक एक सातासम्मका लागि स्थगित भएको हो।

Tags: