post-slider post-slider

देउवा निवासमा डाकियो पदाधिकारी बैठक

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक डाकेका छन्। ६ दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय तयार पार्नका लागि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

देउवानिवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारीको बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जारी केन्द्रीय समिति बैठकमा देउवामाथि सभापतिले पार्टी घरबाटै चलाएको आरोप लागेको थियो। यही बीच देउवाले पुन: निवासमै पदाधिकारी बैठक बोलाएका छन्।

आज तयार पारिने निर्णयका आधारमा सभापति देउवाले बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफूमाथि उठाइएका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन्। केन्द्रीय समिति बैठक हिजोपछि बुधबार अपराह्न ४ बजे बस्ने गरी तय गरिएको छ।

Tags: