post-slider post-slider

राष्‍ट्रिय आविष्कार केन्द्रलाई ट्राफिक प्रहरीको १० थान मोटरसाइकल सहयोग

Image
A A

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले  १० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।

एक कार्यक्रम गरी केन्द्रका अधिकारीलाई ट्राफिक कार्यालयका एसपी सन्तोष आचार्यले चाबीसहित आवश्यक कागजपत्रसहित वितरण गरेका हुन्।

राष्ट्रिय आविष्कार केन्द्रलाई ट्राफिक कार्यालयमा रहेका मोटरसाइकल वितरण गरिएको एसपी आचार्यले जानकारी दिए। उनका अनुसार बजाज कम्पनीको १८०  सीसीको २ वटा र बाँकी १२५ सीसीको मोटरसाइकल छन्।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले दुई वटा मोटरसाइकल तत्काल प्रयोगमा ल्याइने जानकारी दिए। ‘आठ वटा मोटरसाइकल विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्नलाई परीक्षण गरिनेछ,’  उनले भने।

 

Tags: