post-slider post-slider

चौथो टि–२० मा अस्ट्रेलिया पराजित, श्रृंखलामाथि भारतको कब्जा

Image
A A

काठमाडौं- भारतले चौथो म्याचमा अस्ट्रेलियालाई २० रनले पराजित गर्दै पाँच म्याचको टि–२० श्रृंखलामा अयेज अग्रता लिएको छ।

शनिबार अस्ट्रेलियालाई पराजित गर्दै जारी श्रृंखलामा भारतले ३–१ को अग्रता लिएको हो।

रायपुरस्थित सहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियममा अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङको निम्तो पाएको भारतले १७४ रनको योगफल खडा ग¥यो। 

१७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५४ रनमै अलआउट भयो।

भारतका लागि सबैभन्दा बढी रिंकु सिंहले ४६ रन बनाए। त्यस्तै यशस्वी जयसवालले ३७ र जितेश शर्माले ३५ रनको योगदान दिए।

ऋतुराज गायकवाड ३२ रन बनाएर आउट भए।

अस्ट्रेलियाका लागि बेन ड्वारिससले तीन र तनवीर सांघा, जेसन बेहरनडौर्फले २–२ विकेट लिए।

 

Tags: