post-slider post-slider

राजनीतिमा प्रवेश गर्दै साउथ सुपरस्टार विजय, चुनाव लड्ने तयारी

Image
A A

काठमाडौं (एजेन्सी) - तमिल सुपरस्टार थालापथी विजय राजनीतिमा प्रवेश गर्न लागेका छन्। पछिल्लो समय उनी आफ्नो राजनीतिक पार्टी तमिझगा वेत्री कझगमका कारण चर्चामा छन्। विजयले सन् २०२६ को विधानसभा चुनाव पनि लड्ने अनुमान गरिएको छ।

राजनीतिमा प्रवेश गरे पनि उनले चलचित्र भने नछाड्ने र आफ्ना फ्यानहरूलाई मनोरञ्जन दिइरहने बताएका छन्। विजयभन्दा पहिले दक्षिण र हिन्दी फिल्म उद्योगका धेरै स्टारहरूले राजनीतिमा भाग्य चम्काइसकेका छन्।

यो ट्रेन्ड साउथ सुपरस्टार एमजीआरले सुरु गरेका थिए। उनीपछि एनटीआर, जयललिता, विजयकान्त, अमिताभ बच्चन, राजेश खन्ना, सुनील दत्तजस्ता धेरै स्टार राजनीतिमा आए। तीमध्ये केही सफल भए त केही असफल सावित भए।

Tags: