post-slider post-slider

गिट्टीको बिल देखाएर प्याजको तस्करी

Image
A A

काठमाडौं- प्रहरीले बाराबाट एक टनभन्दा बढी अवैध प्याज बरामद गरेको छ। 

चेकजाँचका क्रममा बाराको पथलैयाबाट प्रहरीले ट्रकसहित अवैध प्याज बरामद गरेको हो।

गिट्टीको बिल देखाएर अवैध तरिकाबाट ट्रकमा ल्याउँदै गरिएको प्याज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए।

ना ६ ख २६२५ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा अन्दाजी ९ लाख ३० हजार ८२५ रूपैयाँ मूल्य बराबरको १७ हजार ७३० केजी प्याज बरामद भएको गुरुङले बताए।

चेकजाँचका क्रममा ‘भिसिटिएस’ अनलाइन बिल गिट्टीको देखाएको र ट्रकभित्र भन्सार छलेर ल्याएको प्याज बरादम भएको उनले जानकारी दिए।

प्याज र ट्रक नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व कार्यालय पथलैयामा पठाइएको प्रहरीले जनाएको छ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएयता पछिल्लो समय तराईका विभिन्न जिल्लाबाट अवैध तरिकाले राजधानीसम्म प्याज भित्र्याउने क्रम बढेको छ।

Tags: