post-slider post-slider

नेपालमा मातृ स्वास्थ्यमा सुधार 

Image
A A

काठमाडौं । नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको एक अध्ययनले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजानिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले उक्त सुधार देखाएको हो । 

सर्वेक्षण अनुसार ९४ प्रतिशत गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मी, जस्तै डाक्टर, नर्स वा अनमी बाट गर्भवती सेवा (बच्चा पाउनु अघिका जाँचहरु) लिएका छन् । 

सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षण अनुसार २५ प्रतिशत महिलाहरूले मात्र दक्ष स्वास्थ्यकर्मीहरुबाट गर्भवती सेवा प्राप्त गरेका थिए।  

सन् २०२२ को सर्वे अनुसार ७३५ गर्भवती महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिना भित्रमा पहिलो गर्भवती जाँच गराएका थिए । जुन आमा र बच्चा दुवैको लागि जोखिमहरू कम गर्न महत्वपूर्ण समय हो । साथै ८१५ गर्भवती महिलाहरूले सिफारिस गरे अनुसार कम्तिमा चार पटक गर्भवती सेवा प्राप्त गरेका थिए । 

सन् १९९६ मा ८५ जीवित जन्महरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए भने, २०२२ मा ७९५ जीवित जन्महरू स्वास्थ्य संस्थामा जन्मेका छन्, जुन उल्लेखनीय वृद्धि हो । बच्चा जन्मे पछि, १० मध्ये ७ महिला र नवजात शिशुहरूलाई जन्मेको दुई दिन भित्र स्वास्थ्य जाँच गराईएको पाइन्छ ।

Tags: