post-slider post-slider

जनता पूरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन् : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि प्रयास जारी राखे पनि जनता पूरै सन्तुष्ट हुने ठाउँमा नपुगेको बताएका छन्।

बुधबार स्टाफ कलेज जावलाखेलमा आयोजित ‘नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्दछन्। त्यही सन्तुष्टि र असन्तुष्टिमा राजनीतिक चलखेल हुने गर्दछ,’ उनले भने,‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि पूरै प्रयास जारी राखेको छ। तर, जनता पूरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन्।’

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारतर्फ उन्मुख भए पनि दबाबमुक्त भइ नसकेको बताए।

उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमूल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरूलाई दिएको निर्देशनअनुसार काम हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

उनले भने,‘हामीले सेवा प्रवाहको क्षेत्रमा सानासान कामहरूमा सुधार गरेर अनि ठूलाठूला कामहरूलाई प्रयोटाइज गरेर जान जरूरी छ। जनताले प्रत्यक्ष रूपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरूप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि जनताको भरोसा कमजोर हुँदै जानेछ।’

प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह आउने गरी परिणामुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिए।

आफूहरूको कर्मचारीतन्त्र संसारकै अब्बल रहे पनि परिणाम निकाल्ने कुरामा तादाम्यता नमिलेको प्रचण्डले बताए।

उनले भने, ‘मलाई लाग्छ हाम्रो देशको ब्युरोक्रेसी संसारकै अब्बल छ, व्यवसायिक छ, दक्ष र अनुभवी छ। तर, परिणाम निकाल्ने कुरामा राजनैतिक नेतृत्व र ब्युरोक्रेसीबीचमा कहीँ न कहीँ अmभै तादाम्यता मिलेको छैन। त्यसलाई कसरी हल गर्ने ब्युरोक्रेसीको पूर्व र वर्तमान नेतृत्वले छलफल गरी निष्कर्ष पेस गर्नुहुनेछ।’

 

Tags: