post-slider post-slider

 शिविरबाट हुम्लाको सर्के गार्डका ९० जना मोतियाविन्दुका बिरामी लाभान्वित 

Image
A A

काठमाडौं । हुम्लाको सर्के गार्डमा भएको आँखा शिविरबाट ९० जना मोतियाविन्दु बिरामी लाभान्वित भएका छन्। 

हुम्लाको  सर्के गार्ड गाँउपालिकामा असार १ र २ गते सञ्चालन भएको शिविरमा ४२ महिला र ४८ पुरुष गरी ९० जनाले सेवा लिएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ। 

प्रतिष्ठानका अनुसार शिविरमा २ सय ४४ जनाको आँखाको जाँच गराएका छन्। साथै सोही स्थानमा ग्रामीण उपचार आँखा केन्द्रको पनि स्थापना गरिएको छ । 

हुम्लाको मध्य भागमा पर्ने सर्के गार्डमा सिमीकोटबाट २ दिनको पैदल यात्रा गरेर तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत तथा बरिष्ठ नेत्र विशेषज्ञ डा. रिता गुरुङ्ग सहितको प्राविधिक टोलीले उक्त सेवा दिएको हो। 

शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चंखेली र सर्के गार्डका आँखा बिरामीहरुले सेवा लिएका हुन्। ३ वर्षदेखि दृष्टिविहीन भएर कष्टकर जिवन बाँच्नु परेका सर्के गाडका ६८ वर्षिय बैरा फडेराले शल्यक्रिया पश्चात दुवै आँखा देख्न सक्ने भएका छन् । 

त्यस्तै अर्को जमकला सार्की विगत २ वर्षदेखि दुवै आँखाले नदेख्ने भएकी थिइन जो करिव ६ घण्टाको हिँडाइमा आफन्तले बोकेर शिविरसम्म ल्याइ पुर्याए पश्चात शल्यक्रिया मार्फत पुनः दृष्टि प्राप्त गरेकी छन् । 

तिलगंगा आँखा प्रतिष्ठान र सर्के गार्ड गाँउपालिकाको संयुक्त आयोजनामा सञ्चालित सो शिविरको लागि सेवा फाउण्डेसन को पनि आर्थिक सहयोग रहेकोे थियो । 

सर्के गार्डमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना

तिलगंगा आँखा प्रतिष्ठानको र सर्के गार्ड गाँउपालिकाको संयुक्त व्यवस्थापनमा र सेवा फाउण्डेसनको सहयोगमा साँया स्वास्थ्य चौकीमा ग्रामीण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । 

उक्त केन्द्र सञ्चालनको लागि डा. गुरुङ्ग र गाँउपालिकाको तर्फबाट अध्यक्ष ठान बहादुर रोकायाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

केन्द्रका लागि प्रतिष्ठानले एक वर्षका लागि दुई जना जनशक्तिको व्यवस्था साथै उपचारका लागि चाहिने उपकरणहरुको व्यवस्था गरेको छ भने एक वर्ष पश्चात गाउँपालिकाले जनशक्तिको व्यवस्था गर्नुपर्ने दुई पक्षीय सम्झौता भएको छ । 

Tags: