post-slider post-slider

गठबन्धनलाई उपेन्द्रको ५३ बुँदे सुझाव : प्रहरी समायोजनदेखि संविधान संशोधनसम्म

Image
A A

काठमाडौं- सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका लागि सरकारलाई ५३ बुँदे सुझाव दिएका छन्।

उनले संघीयताको सफल कार्यान्वयनका लागि संविधान संशोधनदेखि प्रहरी समायोजनलगायतका ५३ बुँदे सुझाव गठबन्धनलाई बुझाएका हुन्।

प्रधानमन्त्रीसहितको चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरू तयार पार्न जसपा अध्यक्ष यादवलाई जिम्मेवारी दिएको थियो।

उनले संघीयता कार्यान्वयनका लागि प्रहरी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी समायोजन प्रक्रिया तत्काल अगाडि बढाउन सुझाव दिएका छन्।

त्यस्तै निजामती ऐन अध्यादेश जारी गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्न उनको सुझाव छ।

जसपा अध्यक्ष यादवले प्रदेस सरकारमा मन्त्रालयको संख्या घटाइ संविधानको अनुसूची ६ र ७ को अधिकारसूचीअनुसार प्रदेसलाई क्षेत्राधिकार प्रदान गर्न अध्यादेश जारी गर्न सुझाव दिएका छन्।

अनावश्यक खर्च कटौती गर्न संघीय सरकारमा पनि मन्त्रालयको संख्या घटाउनुपर्ने उनको सुझाव छ।

‘संघीय सरकारमा मन्त्रालयको संख्या घटाउने र प्रदेस सरकारका विषयहरू प्रदेस सरकारलाई दिने र अनावश्यक खर्च कटौती गर्ने’ यादवले सुुझाव दिएका छन्।

स्थानीय सरकारलाई प्रदेस सरकारमातहत ल्याउनुपर्नेमा उनको जोड छ। स्थानीय तहलाई प्रदेस सरकारको क्षेत्राधिकारभित्र रहने गरी आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्न यादवले सुझाव दिएका छन्।

त्यस्तै संविधानबमोजिम प्रदेसलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालयमातहतका निकायहरू तुरून्त हस्तान्तरण गर्न उनले गठबन्धनलाई सुझाव दिएका छन्।

अध्यक्ष यादवले संविधान संशोधन गरी परिमार्जनका लागि संविधान विज्ञहरू सम्मलित आयोग गठन गरी रायसुझाव लिन सुझाव दिएका छन्।

जसपा अध्यक्ष यादवले दिएका सुझावहरू :

 

Tags: