post-slider post-slider

१६ जिल्ला बाढीको जोखिममा, ९ नदीमा जलसतह बढ्ने पूर्वानुमान

Image
A A

काठमाडौं- आज ९ वटा नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

वर्षाका कारण केही प्रमुख नदी र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार तमोर, अरूण, सुनकोशी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कन्काई, कमला र बाग्मती नदीमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ। अन्य साना ठूला नदीहरूमा पनि जलसतह सामान्य बढ्ने पूर्वानुमान् छ।

त्यस्तै १६ जिल्ला आसपास भई बहने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवरलपरासी पूर्व/ पश्चिम,  लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढेर आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रूपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रूकुम पूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा र आसपास भई बहने स-साना नदीहरूको बहाब बढ्न सक्ने पूर्वानुमान् छ।

महाशाखाले उल्लेख्य बढ्ने साना ठूला नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Tags: