post-slider post-slider

उपमेयरको सरकारी गाडीमा आगजनी

Image
A A

जनकपुरधााम- महोत्तरीको गौशाला नगरपालिकाको उपमेयरको गाडीमा आगजनी भएको छ।

उपमेयर रेणुकुमारी महतो चढ्ने प्र २ – ००२– ०००१ झ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो।

मोटरसाइकल चढेर आएका अपरिचित व्यक्तिहरूले पेट्रोल छर्केर आगजनी गरी फरार भएको बताइएको छ।

उपमेयर महतोको गौशाला–१ रामनगरस्थित निवासअगाडि पार्किङ गरेर राखिएको गाडीमा उनीहरूले आगजनी गरेका छन्।

समयमै आगो नियन्त्रणमा लिएका कारण क्षति हुनबाट जोगिएको छ। आगजानीका कारण गाडीको बायाँतर्फको पछाडि र अगाडिको टायरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

घटनास्थलबाट दुई लिटरको बोतल बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

Tags: