post-slider post-slider

लुकाएर राखेको चार किलो सुन बरामद

Image
A A

काठमाडौं- दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ढुंगामुनि लुकाइराखेको अवस्थामा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले यसअघि जामुनेको होटलबाट ३ किलो र ४ किलो सुनसहित ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, २८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र लामाबगरक गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो।

चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापमा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

तीनपटकमा ११ किलो सुन बरामद भएको छ। सुन तस्करीमा संलग्न अरू व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब निरीक्षक दीपक खड्काले अहिलेसम्मको अनुसन्धानबाट पक्राउ परेकामध्ये केही लगानीकर्ता र केही भरिया खुलेको बताए।

उनकाअनुसार सोक्टाबाट फलयक हुँदै सुन ल्याएको देखिएको छ।

पक्राउ परेकाहरूविरूद्ध संगठित अपराध र भन्सार कानुनअनुसार कारबाही अगाडि बढाइएको छ।

 

Tags: