post-slider post-slider

जाजरकोट भूकम्प : मृत्यु हुनेमा बालबालिका धेरै, त्यसपछि महिला

Image
A A

काठमाडौं- जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ।

प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका छन्।

प्रहरीको तथ्यांकअनुसार जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको छ।

दुवै जिल्ला गरी मृत्यु हुने झन्डै आधा बालबालिका छन्। जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७ र बालिका २३ जना रहेका छन्।

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकोमा २८ बालबालिका रहेका छन्।

प्रहरीका अनुसार दुई जना १० महिनाको बालबालिकाको पनि भूकम्पमा परी मृत्यु भएको छ।

भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका १०५ मध्ये ५० बालबालिका, ३३ जना महिला र १८ जना पुरुष रहेका छन्।

रुकुम पश्चिममा १६ महिला र ८ पुरुषको मृत्यु भएको छ।

 

Tags: