post-slider post-slider

बारामा भारतीय तीर्थयात्री सवार बस दुर्घटना : सात जनाको मृत्यु, १८ जना घाइते

Image
A A

काठमाडौं- बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।

भारतीय तीर्थयात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट जनकपुर जाँदै थियो। मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार जना महिला र तीन जना पुरुष गरी ६ जना भारतीय नागरिक र एकजना नेपालीको ज्यान गएको बाराका प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिए।

घाइते १८ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

Tags: