post-slider post-slider

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

Image
A A

एजेन्सी- पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकिएको छ। इस्लामावादको जिल्ला तथा सत्र अदालतले खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो।

अदालतको फैसलापछि खानले आफू निर्दोष रहेको भन्दै पुनरावेदनमा जाने बताएका छन्। फैसलापछि उनलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको छ।

खान पक्राउ परेपछि अदालतको निर्णय पक्षपाती भन्दै इमरानको पार्टी तेहरिक-ए-इन्साफले अदालतको निर्णयविलाई चुनौती दिने बताएको छ। न्यायाधीशले न्यायको हत्या गरेको भन्दै उक्त निर्णयको विरोध गर्ने पार्टी प्रवक्ताले विज्ञप्ति जारी गर्दै बताएका छन्।

अदालतको फैसलापछि अब खान पाँच वर्षसम्म निर्वाचनमा सहभागी हुन अयोग्य ठहरिने पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले बताएका छन्।

Tags: