post-slider post-slider

संसद खुलाउन जुटेन सहमति

Image
A A

काठमाडौं- संसदमा जारी अवरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक निष्कर्षविहीन भएको छ।

सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो।

संसदको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमालेका नेता केपी शर्मा ओली र तीनवटा प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए।

सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने एमालेको प्रस्ताव सत्तापक्षले स्वीकार नगरेपछि बैठक निष्कर्षविहीन हुन पुगेको हो।

एमालेका सचेतक महेश बर्तौलाले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेको बताए।

प्रहरी र राज्यका सम्बन्धित निकायले सुन तस्करीको छानबिन गरिरहेको र उनीहरूलाई विश्वास गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ रहेको बर्तौलाले बताए।

एमालेले भने अहिले भइरहेको छानबिनलाई प्रभावित नपार्ने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको उनले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल एमाले सय किलो सुन तस्करीका साथै अन्य प्रकरणको पनि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो।

तर, त्यसो गर्दा प्रहरी र अन्य निकायको मनोबल गिर्ने भन्दै सरकारले यो माग अस्वीकार गरेको छ।

सय किलो सुन तस्करीसम्बन्धी घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले १० साउनदेखि संघीय संसदमा अवरोध गरेको छ।

 

Tags: