जनार्दनको आरोप, ‘खुुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो’
काठमाडौं- नेकपा माओवादी केन्दका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन्।
माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौंदामार्फत् सो आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन्।
‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरू गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीब्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्धत पुग्ने गरी पोखरामा पुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनतीतिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘फुटाउने कसले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुट्दैछ र भन्ने सोध्ने गरेका छन्।’
उनका अनुसार माओवादी विभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसी समेतमा चासोको विषय बन्न पुगेको छ।