post-slider post-slider

लोकसेवाले आज प्रकाशन गर्ने भनेको विज्ञापन रोकियो

Image
A A

काठमाडौं- लोकसेवा आयोगले आज प्रकाशन गर्ने भनिएको विज्ञापन स्थगन गरिएको छ। 

एक सूचना जारी गर्दै आयोगले वार्षिक कार्यतालिका अनुसार २०८०/८१ अनुसार आज प्रकाशन गर्नुपर्ने विज्ञापन विशेषा कारणले प्रकाशन नगरिएको आयोगले जनाएको छ।

आज ठूलो सङ्ख्यामा सहसचिव र उपसचिवको विज्ञापन हुँने बताइएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग संख्या लोकसेवा आयोगमा पठाई सकेको थियो।

सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गरिने बताइएको थियो। 

May be an image of text

Tags: