post-slider post-slider

घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ पुग्न कति?

Image
A A

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटाएको छ। स्वचालित प्रणालीमा डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले आजदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो।

स्वचालित प्रणालीअनुसार पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घटेको छ। 

यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधानमा २.१३ प्रतिशत,मालवहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो।

'सार्वजनिक यातायातको भाडा समायोन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ। सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको हो, 'विभागले जारी गरेको सूचनामा भनिएको छ।

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Tags: