post-slider post-slider

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

Image
A A

काठमाडौं- स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।

स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले गोल गरेका थिए। त्यस्तै, फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले गरेका थिए।

यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ वर्षको उमेरमा युरोकपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन्।

यो जितपछि स्पेन पाँचौं पटक युरोकपको फाइनलमा पुगेको छ। स्पेनले यसअघि तीन पटक युरोकपको उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ।

त्यस्तै, यो हारपछि फ्रान्सको युरोकप यात्रा भने समाप्त भएको छ।

अब स्पेनले जुलाई १५ मा हुने फाइनल खेलमा नेदरल्याण्डस र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ।
  

Tags: