post-slider post-slider

इङ्ल्याण्डलाई हराउँदै स्पेन जित्यो युरोकपको उपाधि

Image
A A

काठमाडौं- स्पेनले युरोकपको उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले गोल गरेका थिए।  विलियम्सले खेलको ४७औं मिनेट र मिकेलले ८६औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै, इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए। 

कप्तान ह्यारी केनको सट्टामा मैदान गएका पाल्मरले गोल गरेर बराबरीमा ल्याए पनि इङ्ल्याण्डले थप गोल गर्न सकेन। 

यो सहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ।  स्पेनले यसअघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो। 

त्यस्तै, इङल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ।  
   

Tags: