post-slider post-slider

बेलायत बस्दै आएकी युवतीलाई काठमाडौं बोलाएर बलात्कार

Image
A A

काठमाडौं– बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत् चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको छ। उनीमाथि अनुसन्धान सकिएर अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ। 

सिंहले बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत् चिनजान गरेर ती युवतीलाई विवाह गर्ने भन्दै काठमाडौं बोलाएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

घटना गत असार ३१ गतेको हो। बिजेन्द्रले ती युवतीलाई एअरपोर्टमा झर्ने बित्तिकै सिनामंगलस्थित हिमालय होटलमा लगेर बलात्कार गरेको पाइएको हो।

युवतीलाई जबरजस्ती करणी गर्न लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली आएर बिजेन्द्रलाई पक्राउ गरेको थियो। 

बलात्कारपछि कतै नभन्नु भन्दै आफूमाथि धम्की र कुटपिट समेत भएको युवतीले प्रहरीसमक्ष बयान दिएकी छन्।

 

Tags: