post-slider post-slider

नामिबियासँग नेपाल २० रनले पराजित

Image
A A

काठमाडौँ -  त्रिकोणात्मक टी २० आई सिरिजको पहिलो खेलमानामिबियासँग नेपाल २० रनले पराजित भएको छ। 

त्रिवि क्रिकेट मैदानमा २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ५ ओभरमा मात्र १८६ रन बनाउन सक्यो। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। कप्तान रोहित पौडेलले ४२ रन बनाए। त्यस्तै कुशल मल्लले ३२ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। 

नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए। 

टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन्। 

मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।

Tags: