post-slider post-slider

लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

Image
A A

काठमाडौं- बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार सातौं जित हासिल गरेको छ। बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा खेलको १९औं मिनेटमा रोबेर्ट लेवानडोस्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि बार्सिलोनाको ला लिगामा ७ खेलमा २१ अंक भएको छ र शीर्ष स्थानमा कायम छ। ७ खेल सकिँदा रियल म्याड्रिड १७ अंकसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी, गेटाफेको भने ७ खेलमा यो तेस्रो हार हो। गेटाफे ७ खेलमा ४ अंकसहित १९औं स्थानमा रहेको छ।

यसैबीच, पोल्याण्डका पूर्वगोलकिपर वोज्सिच स्जेस्नीले सन्यास तोडेर बार्सिलोना जाने भएका छन्।

बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पूर्वगोलकिपर स्जेस्नीलाई भित्र्याउने निश्चित भएको हो।

स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्यास तोडेका छन्। उनले बार्सिलोनासँग एक बर्षको सम्झौता गरेको र उनको मेडिकलको तयारी भएको बताइएको छ।

३४ वर्षीय स्जेस्नीले गत अगस्तमा फुटबलबाट सन्यास लिएका थिए। उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि २००९ देखि २०२४ सम्म ८४ खेल खेलेका थिए।

Tags: