post-slider post-slider

पार्टी परित्याग गरेका राजेन्द्र महतोले भने- मेरो क्रान्तिमा सबैले साथ दिनुहोस्

Image
A A

काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता महतोले कुनै एउटा पार्टी, र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएको बताए।

लोसपा, जसपा, कांग्रेस, एमाले सबै पार्टीहरूमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरू एकजुट हुनुपर्ने पनि उनले बताए।

आफ्नो क्रान्तिका लागि सबैलाई साथ दिन उनले आह्वानसमेत गरेका छन्।

उनले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र विद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताए।

उनले अभियान, संघर्ष र विद्रोहले राजनीतिक शक्ति पैदा गर्ने बताए।

Tags: