post-slider post-slider

दुई सचिवको जिम्मेवारी हेरफेर

Image
A A

काठमाडौं- सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले दुई सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र प्रधानमन्त्री कार्यालयका सचिव विनोदप्रकाश सिंहको जिम्मेवारी हेरफेर गरेको हो।

पुष्कारलाई प्रधानन्त्री कार्यालय र सिंहलाई संघीय मामिलाको जिम्मेवारी दिइएको छ।

सामान्यका सचिव पुष्करले यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवलाई भेटेर सरूवा मागेका थिए। तर, संघीय निजामती सेवा ऐनको टुंगो नलाग्दासम्म मन्त्रालयमै बसेर काम गर्न निर्देशन दिएका थिए।

माओवादीका तर्फबाट मन्त्री बनेका अमनलाल मोदीलाई प्रधानमन्त्रीले हटाएर जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाएका थिए।

लगत्तै सचिव पुष्करले पुनः सरूवा मागेका थिए। मोदी मन्त्री छँदा हाजिरीको विषयलाई लिएर टकरावसमेत भएको थियो।

संघीयमा ल्याइएका सचिव सिंहले यसअघि गृह, उद्योगलगायतका मन्त्रालयमा काम गरेको अनुभव छ।

 

Tags: