post-slider post-slider

मुलुकको अर्थतन्त्र सही बाटोमा : अर्थमन्त्री

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको दाबी गरेका छन्।

बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महतले यस्तो दाबी गरेका हुन्।

समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउँदै उनले थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य सुरू भइसकेको जानकारी दिए।

महतले भने, ‘समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ। थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य सुरू भइसकेको छ। सबै सुधारका प्रयासले नतिजा दिन केही समय लाग्नेछ।’

उनले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरू गरिएको पनि बताए।

जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यक्ता र औचित्यको आधारमामात्र ऋण परिचालन गर्न सुरू गरिएको उनले जानकारी दिए।

मन्त्री महतले जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्तिस्वरूप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको बताए।

उनले राजस्व परिचालनमा क्रमशः सुधार भएको बताए।

कर प्रणालीमा सुधारका लागि उच्चस्तरीय समिति गठन भइ समितिले काम गरिरहेको जानकारी दिए।

 

Tags: