post-slider post-slider

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त

Image
A A

काठमाडौं- न्याय परिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।

परिषदको बुधबार बसेको बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो।

उच्चको न्यायाधीशका लागि जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट ४ कानुन व्यवसायीहरूबाट ९ जना छनोट भएको परिषदको सचिवालयले जनाएको छ।

जिल्ला न्यायाधीशबाट सिफारिसमा परेका सबै जना पुरुष छन् भने न्यायसेवाका कर्मचारीमध्ये सहन्यायाधिवक्ता रमादेवी पराजुली र कानुन व्यवसायीबाट अधिवक्ताहरू सानुमैयाँ डंगोल तथा सरला मोक्तान छन्।

परिषदको निर्णयको आधारमा अब उनीहरूलाई सपथ गराउँछन्।

परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरूको सरूवा गर्ने निर्णयसमेत गरेको छ।

परिषद सचिवालयले जनाएअनुसार १६ जना उच्च अदालतका न्यायाधीशहरूको सरूवा भएको हो।

Tags: