post-slider post-slider

सहकारी ठगीको आरोपमा कोषाध्यक्ष नेम्वाङ पक्राउ

Image
A A

काठमाडौं- बचतकर्ताको रकम ठगी गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष ४८ वर्षीय नेत्रबहादुर नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनी लामो समयदेखि फरार थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले नेम्वाङलाई ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ जन्तरखानीबाट पक्राउ गरेको हो।

बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरिसकेको छ।

पक्राउ परेका अध्यक्ष सुनुवार र उपाध्यक्ष खत्रीउपर प्रहरीले अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका सहकारी अध्यक्ष सुनुवार माओवादी केन्द्रका जिल्ला सचिव र नेम्वाङ जसपाका नेता हुन्।

 

Tags: