post-slider post-slider

नेपालबाट यस वर्षको मनसुन बाहिरियो

Image
A A

काठमाडौं- नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यस वर्षको मनसुन नेपालबाट बाहिरिएको हो।

विभागले शनिबार यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बहिर्गमन भएको बताएको छ।

यसअघि असोज २२ मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाडौं उपत्यकालगायत बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिसकेको थियो।

त्यसअघि नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो।

Tags: