post-slider post-slider

चीनका लागि जासुसी गरेको अभियोगमा दुई अमेरिकी नौसैनिक पक्राउ

Image
A A

काठमाडौं- चीनका लागि जासुसी गरेको आरोपमा दुई जना अमेरिकी नौसैनिक पक्राउ परेका छन्।

२६ वर्षीय वेनहेङ झाओ र २२ वर्षका जिनचाओ वेईले अमेरिकी जलसेनाका संवेदनशील सूचनाहरू चीनलाई दिएको भन्दै उनीहरूलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ।

दुबै जनालाई बुधबार क्यालिफोर्नियाबाट पक्राउ गरिएको हो। अमेरिकी सैनिकका संवेदनशील तस्बिर र भिडिओहरू दिएको बदलामा झाओले चिनियाँ एजेन्टबाट १५ हजार डलर पैसा लिएको देखिएको छ भने वेईले पनि अमेरिकी राष्ट्रिय सुरक्षाका गोप्य सूचना हजारौं डलर लिएर चिनियाँ एजेन्टलाई दिएको बताइएको छ।

उनीहरू दुबै जनालाई फरक-फरक मुद्दा चलाइएको छ। दोषी ठहर भएमा वेईलाई २० वर्षको जन्मकैद सजाय हुन सक्छ भने झाओलाई अधिकतम् २० वर्षसम्म जेल सजाय हुन सक्छ।

Tags: