post-slider post-slider

लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

Image
A A

बुटवलः लुम्बिनी प्रदेश सभामा आज शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन्।

प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा भवन परिसर क्षेत्रमा सरसफाइदेखि आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सीधै प्रदेश सभामा पुगेर प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्बोधनपछि प्रदेशका मुख्यमन्त्री, सभामुखलगायत प्रदेशका मन्त्रीहरूसँग प्रचण्डले भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

Tags: