post-slider post-slider

युरो कप : टर्की र नेदरल्याण्डस क्वाटरफाइनलमा

Image
A A

काठमाडौं- नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए।

योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ। त्यसैगरी, यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ।

टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए। पहिलो मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए।

त्यस्तै, अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए।

यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ।        

Tags: