post-slider post-slider

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

Image
A A

काठमाडौं - क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन्। रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन्।

हालै युट्युबमा आएका रोनाल्डोले कैयौं कीर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन्।

रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन्। उनको इन्स्टाग्राममा मात्र ६३ करोड ८० लाख अर्थात ६३८ मिलियन फलोअर्स रहेका छन्। उनका फेसबुक, एक्ससहितका सबै च्यानल गरेर एक अर्ब फलोअर्स पुगेका हुन्।

यस अवसरमा रोनाल्डोले सबै मिलेर इतिहास बनाएको उल्लेख गर्दै पोर्चुगलको मादेरियाबाट विश्वको यस स्टेजसम्म आइपुग्दा आफू सधैं आफ्नो परिवार र आफूलाई माया गर्ने फ्यानहरूको लागि खेलिरहेको बताएका छन्।

साथै उनले अबको यात्रा पनि सबै एक अर्ब फलोअर्ससँग साथमा गर्ने उल्लेख गर्दै आफ्नो उत्कृष्ट खेल आउन अझै बाँकी रहेको बताएका छन्।

आगामी फेब्रुअरीमा ४०औं जन्मदिन मनाउने तयारी गरिरहेका रोनाल्डोले आफूलाई पोर्चुगल र आफू खेल्ने क्लबका लागि सधैं उपलब्ध गराउँदै आएका छन्। उनी विश्वमा अहिलेसम्म सबैभन्दा बढी ९०१ गोल गर्ने खेलाडी हुन्।  

Tags: