post-slider post-slider

चार उच्च अदालतमा भिडियो कन्फेन्समार्फत सुनुवाइ सुरू

Image
A A

काठमाडौं- चार जिल्लाका उच्च अदालतहरूमा श्रव्यदृश्य संवाद (भिडियो कन्फ्रेन्स) मार्फत मुद्दाको सुनुवाइ सुरू भएको छ।

उच्च अदालत जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडाका इजलासहरूमा भिडियो कन्फ्रेन्समार्फ मुद्दाको सनुवाइ सुरू भएको हो।

सर्वोच्च अदालतले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच यी उच्च अदालतका इजलासहरूमा भिडियो कन्फेन्सबाट मुद्दाको सुनुवाइ सुरू गरेको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासहरूको आरम्भ गरे।

कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आ–आफ्नो घरबाट पनि न्याय पाउन सकिने जानकारी दिए।

उनले नेपालको भूभाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनतालाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यस्तो व्यवस्था गरिएको बताए।

यसअघि सर्वोच्च अदालतले दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई सुरू गरेको थियो।

 

Tags: