post-slider post-slider

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए।

उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको उल्लेख गरे।

सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गएको देखिएको उनको भनाइ छ।

‘अहिले हाम्रो अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ। विदेशी रेमिट्यान्स पनि स्वेदशमा आइरहेको छ। बैंक ब्याजदर पनि कम हुँदै गएको छ। सेयर मार्केट पनि बढेको छ। जग्गाको कारोबार पनि बढेको छ,’ महतले भने,‘अब विस्तारै लयमा  फर्किँदैछ। राजस्व पनि बिस्तारै बढ्न थालेको छ।’

हरेक क्षेत्रमा आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको उनले बताए।

 

Tags: