post-slider post-slider

संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

Image
A A

काठमाडौं - संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै पाण्डेयलाई नियुक्त गरेको जानकारी दिएकी छिन्।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेको विज्ञप्तिमा जनाइएको छ।

महासचिव पदमा नियुक्त हुनुअघि उनले प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका थिए।

उक्त राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन्।

तत्कालीन महासचिव भरतराज गौतमले मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। उनको राजीनामापछि महासचिवमा पाण्डेयलाई नियुक्त गर्न सिफारिस गरिएको थियो।

Tags: