post-slider post-slider

८ बुँदे सहमतिसँगै जसपा सरकारमा जाने, मन्त्रालयको टुंगो सहमतिमा हुने

Image

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ।

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धनलाई साथ दिँदै सरकारमा सामेल हुने निर्णय गरेको हो।

चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा सहभागी हुने निर्णय गरे पनि मन्त्रालयको भागबन्डा भने टुंगोमा लागिसकेको छैन।

जसपा अध्यक्ष यादवले सोमबार राति चार राजनीतिक दलबीच भएको ८ बुँदे सहमतिमा हस्ताक्षर गरिसकेका छन्। त्यसमा गठबन्धन दलबीच आपसी सहमतिमा मन्त्रालयको भागबन्डा टुंग्याउने उल्लेख छ।

सहमतिमा हस्ताक्षर गर्नुअघि अध्यक्ष यादव बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समिति बैठकमा सहभागी थिए।  

जसपाले उपप्रधानसहित एउटा शक्तिशाली मन्त्रालय पाउने भएको छ। त्यसमा अध्यक्ष यादव आफैंले नेतृत्व गर्ने सम्भावना छ।

Tags: