post-slider post-slider

इजरायल आक्रमणमा अल–जजीरा संवाददताका पूरा परिवारको मृत्यु

Image
A A

काठमाडौं- इजरायलको आक्रमणमा गाजास्थित अल–जजीरा संवाददाताको पूरा परिवारको ज्यान गएको छ।

इजरायल आक्रमणमा परी आफ्नो संवाददाताको पत्नी र दुई बच्चाको ज्यान गएको अल–जजीरा नेटवर्कले जनाएको छ।

उनीहरू उत्तर गाजाबाट भागेर एक शरणार्थी शिविरमा बसिरहेका थिए।

यो आक्रमणबारे इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन।

अल–जजीराले प्रत्यक्ष प्रसारणका बेला संवाददाता वाएल अल – दहदौलाई श्रीमती, छोरी र छोराको शवका साथ देखाएको छ।

उनीहरू नुसिरत शरणार्थी शिविरमा बसेको र इजरायलले गरेको रकेट आक्रमणमा मृत्यु भएको अल–जजीराले बताएको छ।

इजरायलको चेतावनीपछि वल अल–दहदौ आफ्नो परिवारका साथ उत्तरी गाजा छाडेर दक्षिण गाजा गएका थिए।

 

Tags: