post-slider post-slider

क्लिनिकबाट गर्भपतन गराउने औषधि खाँदा  धनगढीमा महिलाको मृत्यु

Image
A A

धनगढी- धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ।

धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाँदाधनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको अनुसन्धानबाट खुलेको बताए।

औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको डीएसपी चन्दले बताए।

मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन्।

घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

 

Tags: