post-slider post-slider

‘शीर्ष नेताहरूबीच भागबन्डा मिल्यो’

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूबीच भागबन्डा मिलेपछि संसद चल्ने गरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय समितिको भागबन्डा मिलेर आज संसद चल्न सहज भएको बताएका हुन्।

‘संसदीय समितिको भागबन्डा मिलिसक्यो होला। सायद त्यही भागबन्डा मिलेर नै आज संसद सहज भएको हुनसक्छ। यदि त्यसो हो भने हामी खुसी छौं,’ लामिछानेले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रूपमा प्रमुख प्रतिपक्षी बन्न गयो। जसलाई कुनै पनि संसदीय समितिमा ठाउँ छैन।’

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भोलिपल्टै विदेश जान पाएकोमा उनले आशंका समेत व्यक्त गरे।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमाले अडानबाट पछि हटेर संसद चलाउन सहमत भएको छ।

 

Tags: